काठमाडौं,
साउन १० ।
किरण भुजेल र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘आँखामा बसाउ मलाई’ सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द, सङ्गीत र सङ्गीत संयोजन रहेको गीतिको भिडियो सार्वजनिक भएको हो ।
विधान कार्कीको निर्देशन रहेको गीतको भिडियोमा गायक-गायिका किरण भुजेल र अस्मिता अधिकारीले गायनसँगै अभिनयसमेत गरेका छन् । द डिभाइन म्युजिकको प्रस्तुति र नेप्सीने कम्पनिकोे निर्माणमा तयार भएको भिडियोमा माया प्रेमको भाव प्रस्तुत भएको छ भने फिल्मीसैलिको बनेको छ । नेपाल आइडलमा टप फाइभ प्रतिस्पर्धि भुजेल र पछिल्लो समय पाश्र्व गायनमा जम्दै आएकी गायिका अधिकारीको जोडी यो भिडियोमा राम्रो जमेको छ ।
द डिभाइन म्युजिकको युट्युव च्यानलमार्फत सार्बजनिक गरिएको भिडियोमा उत्सव दाहालको छायाँकन र विकाश दाहालको सम्पादन रहको छ ।






