‘बारपाकी माया २’ बन्ने

काठमाडौं,
साउन १० ।

चलचित्र ‘बारपाकी माया २’ बन्ने भएको छ । गोरखाको बारपाक गाऊँमा सम्पूर्ण छायाँकन गरिएको चलचित्र ‘बारपाकी माया’ले गुरुङ सँस्कारको विषयलाई उठान गरेको थियो । बारपाक बीर चक्र भिसी गजे घलेको गाउँ हो । बारपाकमा घले र गुरुङको ठुलो बस्ति रहेको छ । लकडाउनको समयमा चलचित्रको स्क्रिप्ट तयार पारिएको छ ।

‘बारपाकी माया २’ मा बिशेष गरेर बारपाकको जनजीवन र त्यहाँको रहन सहनलाई बिशेष रुपमा समेटिने छ । करिब ८० लाखको बजेटमा निर्माण हुने चलचित्रको छायाँकन उत्तरी गोर्खाको बारपाक, लाप्राक, मम्चे डाँडा, धार्छे जस्ता रमणीय स्थानहरुमा गरिने निर्माणपक्षले जनाएको छ ।

२०७२ सालको महाभुकप्म अघि बनेको चलचित्रले बारपाकी गाउँको सुन्दर दृश्यहरु कैद गरेको थियो महाभुकम्पले उक्त गाउँ तहस नहस भएको थियो । अहिले पुनर्निर्माण पछि बनेको गाउँको दृश्यहरुलाई ‘बारपाकी माया २’ले समेट्ने छ । लक डाउनको समाप्तिसँगै नेपाल सरकारले छायाँकन गर्ने अनुमति दिनासाथ छायाँकनमा जाने तयारीमा रहेको बताइएको छ ।

‘बारपाकी माया’ लाई दर्शकहरुले रुचाएको कारण नै यसको सिक्वेल निर्माण गर्न लागिएको हो । चलचित्रमा केही कलाकार पुराना दोहोरिने र धेरै नयाँ रहने छन् । चलचित्रको लागी कलाकारहरु अडिसन मार्फत छानिने छ । चलचित्र निर्माण कम्पनीले चलचित्रमा काम गर्न चाहनेहरुले अडिसनमा भाग लिन आव्हान गरेको छ ।

चलचित्रलाई रोधी डिजिटल स्टुडियोका प्रितम गुरुङले निर्देशन गर्दैछन् । ‘बारपाकी माया’लाई पनि निर्देशक प्रितम गुरुङले नै निर्देशन गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार