‘नाच्न आकी छु…’ भन्दै आए हेम र जमुना

काठमाडौं,
साउन ९ ।

हेम श्रेष्ठ जुमना श्रीपालीको स्वरमा रहेको तीज गीत ‘नाच्न आकी छु…’ सार्वजनिक भएको छ । कविता कार्कीको शब्द, गायक हेम आफैँको सङ्गीत र रामकृष्ण थापाको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

प्रकाश क्षेत्रीको निर्देशन र शिशिर बुढाथोकीको नृत्य निर्देशन रहेको गीतको भिडियोमा र प्रकाश तामाङ, सम्झना थोकर, सोफिया र धिरजले नृत्य तथा अभिनय गरेका छन् ।

भिडियोमा सागर गौतमको छायाँकन र प्रकाश एसकेको सम्पादन रहेको छ । गीतको भिडियोलाई सर्वसम्मान म्युजिकको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार