काठमाडौं,
साउन ९ ।
विश्व फोटो दिवस अगस्ट १९ लाइ मध्ये नजर गरेर फोटो पसल प्रा.लि.ले ‘कोभिड-१९ फोटो प्रतियोगीता’ गर्ने भएको छ । आम नेपाली नागरिकले यस प्रतियोगिमा सहभागि भई पुरस्कार र प्रमाण प्रत्रप्राप्त गर्न सक्ने उक्त संस्थाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
कोरोना भाइरस (कोभिड-१९)ले नेपालको सामाजिक आर्थिक एवम् व्यक्तिगत रुपमा पारेको प्रभावलाई फोटोका माध्यमबाट के कस्तो सूचना, जनचेनता दिँदै आइरहेको छ भन्ने कुराको सङ्ग्रह गर्ने उद्देश्यले वर्तमानमा यसले पारेको असर र प्रभावलाई इतिहासमा भावि पुस्तालाई दस्तावेजका रुपमा प्रस्तुुतगरी कोभिड १९ फोटो प्रतियोगिता फोटो पसल प्रा.लि.ले गर्न लागेको प्रतियोगिता संयोजक हरि पाण्डेले जानकारी दिए । यसका साथै अगस्ट १९ का दिन विश्व फोटो दिवसको अवसर पारेर फोटोग्राफी सम्बन्धी व्यवसाय एवम् यस सम्वन्धि रुची राख्ने नेपाली नागरिकहरुलाई सम्मान गर्ने पनि रहेको संस्थाका प्रबन्ध निर्देशक विक्रम न्यौपानेले बताए ।
कोभिड १९ सँग सम्बन्धी फोटोलाई प्रमुखतामा राखेर नै फोटो समाबेश गरि प्रतियोगितामा आम नेपाली नागरिकले यसमा सहभागीता जनाउन सक्नेछन साथै देश तथा विदेशमा रहेका फोटोग्राफर, फोटो पत्रकार र फोटोग्राफी सम्बन्धी रुची राख्ने नेपालीहरुले समेत यस प्रतियोगितामा निःशुल्क सहभागी हुन सक्ने आयोजक संस्थाले जनाएको छ । प्रतियोगितामा सहभागी हुनका लागि फेसबुक पेजमा रहेको जीमेलमा ओरजिनल फाइल फोटो कम्तिमा पनि ठूलो साइजमा प्रिर्न्ट गर्न मिल्ने र आफैँले खिचेकोमात्र पठाउनु पर्नेछ ।
यस प्रतियोगिताको बिजेता छनोटका लागि आयोजक कमिटिले वरिष्ट फोटोग्राफर, वरिष्ठ फोटो प्रत्रकार लगाएत तीन सदस्यिय निर्णायक मण्डल छनोट गरेको छ । प्रतियोगिताको प्रथम पुरस्कार रू २५ हजार, दोस्रो पुरस्कार १० हजार र तेस्रो पुरस्कार ५ हजार सम्मान स्वरूप प्रदान गर्ने निर्णय फोटा पसल प्रा.लि.को छ भने सम्पुर्ण सहभागीलाई समेत आयोजक कमिटिद्दारा डिजिटल प्रमाण प्रत्रको व्यवस्था समेत गरिएको छ ।
फोटो यही साउन ३१ गते शनिवार सम्म पठाइसक्नु पर्ने छ भने पठाउने फोटो कोभिड-१९ सम्वन्धि जनचेतना, सूचना एवम् यसको प्रभावलाइ उजागर गराउने विषय वस्तुमा केन्द्रित हुनुपर्ने विज्ञप्तिमा जनाइएको छ ।






