काभ्रे उद्योग बाणिज्य सङ्घद्वारा अशक्त परिवारलाई आर्थिक सहयोग (भिडियोसहित)

काभ्रे,
साउन ८ ।

काभ्रे उद्योग बाणिज्य सङ्घले अशक्त परिवारलाई आर्थिक सहयोग गरेको छ । राम्रो सन्देश र नव क्षितिज साप्ताहिकबाट सहयोगको लागि अपिल गरिएको समाचार र भिडियो रिपोर्ट प्रशारण गरेपछि बनेपा ६ बुडोलमा डेरा गरी बस्ने लक्ष्मी कार्कीले सहयोग पाउने क्रम बढेको हो ।

साथै बनेपा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सच्चितानन्द केसीको उपस्थितिमा भएको भेलाले ५ सदस्य सहयोग तथा समन्वय समिति गठनगरी सहयोगलाई पारदर्शी गर्न नेपाल बैङ्क लिमिटेड बनेपा शाखामा खाताखोली सकेको र उक्त खाताको चल्ती हिसाब नम्बर ०१५००१०६८७१६१५०००००१ रहेको र नगद सहयोग गर्न चाहनुहुने महानुभावहरुले नेपाल बैङ्कको लिमिटेडको जुन सुकै शाखाबाट सहयोग जम्मा गर्न सकिने छ । सहयोग समितिको अध्यक्षमा उषा अर्याल, सचिवमा ओमप्रकाश केसी, कोषाध्यक्ष शान्ता अर्याल, र सदस्यमा भेषराज शाह तथा पर्वती कार्की रहेका छ्न ।

१२ वर्ष अघि रुखबाट लडेर कम्मर भाँचिए पछि उपचार गर्न नसकेर थलापरि उनको उपचारमा समस्या र बालबच्चाले खान समेत समस्या भएको थाहा भएपछी समाचार सार्वजनिक गरिएको थियो । राम्रो सन्देशका सहसम्पादक अरबिन्द्र गौतमले सकेको सहयोग गरिदिन आग्रह गर्दै भिडियो बनाएर सार्वजनिक अपिल गरेका थिए ।

‘दुई सन्तान छाडेर उहाँका श्रीमान्ले अर्को विवाह गर्नुभयो । कक्षा ८ मा अध्ययन गर्ने सविन कार्की र उनकी दिदी कक्षा १० मा अध्ययन गर्ने सविना कार्की सानो बाल बच्चा भएको कारणले यस्तो महामारीको परिस्थितिमा केही पनि गर्न नसक्ने अवस्था भएपछि हामीले गएर सकेको सहयोगगरी सबैलाई सहयोग गर्न उहाँको भिडियो तयार गरेका थियौ’, गौतमले भने ।

भिडियो बनाएर सबै सामु लिएर आएपछि काभ्रे उद्योग बाणिज्य सङ्घले १० हजार आर्थिक सहयोग गरेको थियो । बनेपामा रहेको एबीएम स्कुलले दुबै बच्चाको विद्यालय तहको शिक्षा निःशुल्क गर्ने प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

थप शिक्षाका लागि ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले सहयोग गर्ने प्रतिष्ठानका अध्यक्ष समेत रहेका उवासङ्घका केन्द्रिय सदस्य सुरकृष्ण बैद्यले बताउनुभयो । कार्कीको उपचारका लागि स्पाईनल इन्जरीमा निःशुल्क गर्ने ब्यवस्थाका लागि प्रकृया शुरु भएको उक्त कार्यक्रममा जानकारी दिनुभयो ।

कार्यक्रममा काभ्रे उद्योग बाणिज्य सङ्घले अध्यक्ष प्रकाश मानन्धर मार्फत १० हजार, बागमती टिपर ब्यवसायी सङ्घको तर्फबाट अध्यक्ष प्रेम लामाले १० हजार १ सय, काभ्रे बस प्रा.लि.का तर्फबाट अध्यक्ष वर्ण शाक्यले १० हजार, होलसेल ब्यवसायी सङ्घका तर्फबाट शम्भु पौड्यालले ११ हजार, होटल ब्यवसायी महासङ्घका तर्फबाट कृष्ण श्रेष्ठले ६ हजार र पतञ्जली योग समितिका सरिता शाक्यको तर्फबाट १० हजार, पतञ्जली योग समिति काभ्रेबाट अध्यक्ष दमनकुमार श्रेष्ठले १० हजार ५ रुपैया, अमेरिकामा बसोबास गर्ने जयन्ती तौजलेले ग्रुवेन तौजले मार्फत पठाउनु भएको २० हजार रुपैया, काभ्रे पुण्यवती यातायात प्रा.लि.का तर्फबाट अध्यक्ष राजेशसुन्दर सैजुले १० हजार रुपैया लक्ष्मी कार्कीका छोरा सविन र छोरी सविनालाई हस्तान्तरण गरिएको थियो ।

कक्षा ८ मा अध्ययन गर्ने सविन कार्की र उनकी दिदी कक्षा १० मा अध्ययन गर्ने सविना कार्कीलाई थप सहयोग जुटाउन उद्योग बाणिज्य सङ्घले १० हजार आर्थिक सहयोग गरेको छ ।

नव क्षितिज साप्ताहिकका सम्पादक र राम्रो सन्देशका प्रधान सम्पादक नवराज बजगाईंले उक्त कार्यक्रममा बोल्दै ’हामीले सकेको सहयोग गरेका छौ । यस्तो परिवारलाई सहयोग गर्न पाउँदा हामी निकै खुसी पनि छौ तपाईंहरुले पनि आफुले सकेको सहयोग गर्नुस’ भन्दै अनुरोध गर्नुभयो ।

यसमा तपाइको मत

अन्य समाचार