‘कोरोना भाइरसमा फसौला…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
साउन ६ ।

प्रविण क्षेत्रीको लोकदोहोरी तीज गीत ‘कोरोना भाइरसमा फसौला…’ सार्वजनिक भएको छ । गायक सुरज थापा र गायिका माया नानुको स्वरमा रहेको सार्वजनिक गीतको भिडियोमा नेपाली नारीहरुले भोगेको पिडा र ब्यथालाई समेटिएको छ ।

प्रविण क्षेत्रको शब्द सिर्जना तथा इन्द्र दाहाल शिशिरको लय सिर्जना गीतमा रहेको छ । नेपाली तीजको गीतहरुमा भडकिलो किसिमको पहिरन र शब्द प्रयोग भइरहेको अवस्थामा आम रुपमा दर्शकको मनोभावनाको कदर गर्दै समयानुकुल गीत लाई बजारमा ल्याएको गीतका सर्जक प्रविण क्षेत्रीले बताए ।

सुशिल डाँगीको छायाँकन, अविनास डीसीको सम्पादन तथा रवीन शाहको निर्देशन भिडियोमा छ । डिजिटल म्युजिक प्रा.लि.को प्रस्तुति रहेको गीतको भिडियोमा लोमश शर्मा र सिम्रन दुलालको अभिनय तथा नृत्य रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार