थप १ सय ८६ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १७ हजार ८ सय ४४ पुग्यो

काठमाडौं,
साउन ५ ।

थप १ सय ८६ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न २७ प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ १ सय ८६ थप सङ्क्रमित पुष्टि भएको जानकारी दिए । योसँगै कूल सङ्क्रमितको सङ्ख्या १७ हजार ८ सय ४४ पुगेको छ ।

नयाँ सङ्क्रमितमा सुनसरीका ६, झापाका १, इलामका १, मोरङका १, झापाका २, सिरहाका १, सप्तरीका ९, धुनषाका २, पर्साका ४, बाराका ४६, काठमाडौँका २, सर्लाहीका २३, सोलुखुम्बुका ४, ललितपुरका १, कास्कीका ८, लमजुङका १ , तनहुँका २, स्याङ्जाका १, बाँकेका २, रोल्पाका ४, सल्यानका ३, रुकुम पूर्वका ७, दाङका ६, दैलेखका २, सुर्खेतका ४, हुम्लाका १, कालिकोटका १, डोटीका ४० र कैलालीका १ जना रहेका छन् ।

प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म प्रदेश नम्बर १ मा ८ सय ४५, प्रदेश नम्बर २ मा ४ हजार ६ सय २५, बागमती प्रदेशमा ८ सय ५९ र गण्डकी प्रदेश १ हजार ३ सय ९३ जनामा सङ्क्रमण देखिएको छ । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार १ सय ९१, कर्णाली प्रदेशमा १ हजार ८ सय २५ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ९५ जनामा सङ्क्रमण देखिएको छ । सोमबार ४ हजार २ सय १६ गरी आजसम्म ३ लाख १९ हजार ८ सय ७२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ ।

आजसम्म प्रदेश नम्बर १ मा ७ सय ५२, प्रदेश नम्बर २ मा २ हजार ६ सय ९७, बागमती प्रदेशमा ४ सय ५१ र गण्डकी प्रदेश १ हजार ४ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर ५ मा ३ हजार ७ सय ७१, कर्णाली प्रदेशमा १ हजार ७ सय २२ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ७१ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा थप १ सय ७३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कूल सङ्ख्या ११ हजार ८ सय ६८ पुगेको छ ।

अहिले देशभरका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ९ सय ३६ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । प्रदेश नम्बर १ मा ९३, प्रदेश नम्बर २ मा १ हजार ९ सय ३३, बागमती प्रदेशमा ३ सय ९९ र गण्डकी प्रदेशमा ३ सय ८४ जना सङ्क्रमितको उपचार भइरहेको छ ।

यस्तै प्रदेश नम्बर ५ मा ४ सय १०, कर्णाली प्रदेशमा २ सय ९९ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय १८ जना सङ्क्रमित उपचाररत रहेका छन् । अहिले २२ हजार २ सय २८ जना देशभरका क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४० रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार