– सुमन्त दास
समार दलनी शोणितपुर, असम
शहरका सदा व्यस्त जिन्दगी देख्दा
सम्झन्छु गाउँमा बितेका त्यो पलहरु
जहाँ केवल शान्ति नै शान्ति थियो !
जीवन, यौवन, रङ्गीन भइ हाँसी रहन्थ्यो
हरियाली, वन, पाखा, मेरो वरीपरि
गीत गाउँदै नाची रहन्थ्यो
आफन्त-कुटुम्वको प्रेम र ममताको साइनो
कति दर्बिलो थियो !
प्रत्येक बिहानीले मिठो र नौलो सपना
बोकेर ल्याउथ्यो !
प्रत्येक साँझले मिठो सम्झना
छाडेर जान्थ्यो !
त्यो नदीहरु एकान्तमै बगी रहन्थ्यैं
चाड-बाड, पूजा-पर्वमा झन
यो मन कति उत्ताउलो हुन्थ्यो !
कति सुनौला थिए त्यो दिनहरु
जाहाँ म आजाद पंक्षी भइ
विचरण गर्थे ।
तर ! शहर गाउँझैं हुदो रहेन्छ
शहरमा व्यस्तताकै माझमा
अरुकै हेपाइ मा
बाच्नुँ र हाँस्नु पर्दो रहेछ
उच्च-उच्च अट्टालिकाका शितलु कोठामा
करोडौं को व्यपार चल्दो रैछ
यहाँ त सम्पति बटुल्न
मान्छेले मान्छेलाई धेरै पल्ट बेच्दो रैछ !
धन कुवेर बन्न
पैसा को पछी
सवै दगुर्दा रैछन्
न त दिन-रातको फरक छ
यहाँ कसैले-कसैलाइ चिन्दैनन
सबै आफू ‘मै’ ब्यस्त छन्
यहाँ आफन्त देख्दा पनि
नदेखेझैं पर-पर सर्छन
पाइदैन कतै दयाको भिख पनि
न त मानवता देखिन्छ कतै
यहाँ त मान्छे पैसामै
हाँसेको, वाँचेको र नाँचेको छ ।






