काठमाडौं,
साउन ४ ।
मिलन चाम्सको निर्देशनमा एक म्युजिक भिडियोको छायाँकन गरिएको छ । राजेश पायल राईको स्वर, निर्मला राई ‘परिवेश’को शब्द रचना तथा अर्जुन पोखरेलको सङ्गीत रहेको गीत राजधानी काठमाडौँ आसपासका विभिन्न स्थानहरुमा छायाँकन सम्पन्न गरिएको हो ।
भिडियोमा अभिनेता दयाहाङ राई र आँचल शर्माको जोडीलाई दर्शकले हेर्न पाउने छन् । दयाहाङ र आँचलको यो पहिलो काम हो । यी दुई कलाकारलाई दर्शकले एउटै फ्रेममा अहिलेसम्म देख्न पाएका थिएनन् । बिहेपछिकै आँचलको पहिलो भिडियो हो । आँचल गत फागुनमा वैवाहिक बन्धनमा बाँधिएकी थिइन् ।
लामो समयपछिको पहिलो काम भएकाले उत्साहित देखिएकी आँचलले दयाहाङसंग काम गर्न सहज भएको बताईन्। आफूले हेरेको पहिलो नेपाली चलचित्र ‘लुट’रहेको र आफूलाई मनपर्ने कलाकारसंग काम गर्न पाउँदा खुसी लागेको आँचलको भनाई थियो। दयाहाङ पनि आँचलको कामबाट प्रभावित भएको बताए।
भिडियोमा दयाहाङ र आँचल विवाहित जोडीको रुपमा प्रस्तुत हुनेछन् । दयाहाङलाई आर्मी अफिसर (क्याप्टेन)को भूमिकामा प्रस्तुत गरिएको निर्देशक चाम्स बताउँछन् ।
https://www.youtube.com/watch?v=joR-sFSJJaw






