काठमाडौं,
साउन २ ।
नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०७७/०७८ का लागि मौद्रिक नीति शुक्रबार सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले कोभिड-१९ सङ्कटबाट प्रभावित अर्थतन्त्रलाई मध्यनजगर गरी यस वर्षको मौद्रिक नीति ल्याएको बताउनुभएको छ । यसले अर्थतन्त्र पुनरुत्थानमा योगदान पुर्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
मौद्रिक नीतिमार्फत् ऋणीहरुलाई ऋण तथा ब्याज तिर्नका लागि समयावधि थप गरिएको छ । कोभिड-१९ बाट प्रभावित क्षेत्रका आधारमा ऋणीको प्रकृतिअनुसार कोरोनाप्रभावित उद्योगलाई एक वर्ष र साना ऋणीलाई छ महिना समय थप भएको छ । उनीहरुले पुस मसान्तसम्म बुझाउन पाउने भएका छन् ।
उद्योग–व्यवसायले बैङ्कहरुबाट थप २० प्रतिशतसम्म ऋण पाउने पनि भएका छन् । राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत् बैङ्कहरुलाई सो सीमासम्मको थप कर्जा प्रवाह गर्न छुट दिएको हो ।
यस्तो छ, पूर्णपाठ :-
Monetary_Policy_(in_Nepali)–2077-78_(Full_Text)-new






