गायक सङ्गीतकार सुमन निर्देशनमा

काठमाडौं,
साउन २ ।

गायक तथा सङ्गीतकार सुमन कुमार श्रेष्ठ निर्देशनमा लागेका छन । १५ वर्षको साङ्गीतिक यात्राको अनुभव सङ्गालेका उनले अहिलेसम्म दर्जनौ गीत तथा म्युजिक भिडियोहरु निकालिसकेका छन भने केही गीतहरुमा शब्द, सङ्गीत पनि दिईसकेका छन । सङ्गीत क्षेत्र बाहेक उनी केही वर्ष यता सञ्चार माध्यममा पनि सकृय छन ।

आफूलाई बिशेष गरी गायक, सङ्गीतकार भन्न रुचाउने उनी आफ्ना अग्रज व्यक्तित्वबाट पाएको प्रेरणा तथा साथीभाईहरुबाट पाएको हौसलाका कारण यस क्षेत्रमा कार्य गर्न अझै हौसिएको बताउँछन् ।

हालै उनले गायिका इन्दिरा भट्टराईको नयाँ तीज गीत ‘नाचौं गाऔँ रमाऔँ’ बोलको भिडियो निर्देशन गरेका छन । जसमा छाँयाकार तथा निर्देशक राजु के सि तथा अर्का छाँयाकार सूर्य महर्जनको सिनेम्याटोग्राफी रहेको छ भने अभिनेत्री तथा समाजसेवी नितु कोइरालाको अभिनय तथा नृत्य रहेको छ ।

भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका हुन मेकअप प्रिज्मा श्रेष्ठको रहेको छ । भिडियोमा सरस्वती लामाको कोरियोग्राफी रहेको छ भने तेजस्वी कला केन्द्र एण्ड मिडियाको बिशेष सहयोग रहेको कुरा यसै कला केन्द्र तथा मिडियाका अधयक्षसमेत रहेका गायक, सङ्गीतकार सुमन कुमार श्रेष्ठले बताए ।

यसअघि पनि थुप्रै भिडियोमा सहनिर्देशनको अनुभव बटुलिसकेका उनले आफूले अझै धेरै कुरा सिक्न बाँकी रहेको र नयाँ नयाँ प्रविधि आएसँगै आफूलाई अपडेट गर्दै लैजाने कुरा पनि बताए ।

यसमा तपाइको मत

अन्य समाचार