काठमाडौं,
साउन १ ।
डेभिड शंकर र बिनी श्रेष्ठको स्वरमा रहेको गीत ‘पिरतीको गुन्द्री…’ सार्वजनिक भएको छ । विष्णु विरही श्रेष्ठको शब्द, दीपकराज विश्वकर्माको सङ्गीत र उदयराज पौडेलेको सङ्गीत संयोजन र श्याम स्वेत रसाइलीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
युवराज वाइवाको निर्देशन रहेको गीतको भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आस्मा विश्वकर्मासँगै बालकलाकार इभन विश्वकर्माको अभियन रहेको छ । त्यस्तै समिर खत्री, देव लामा, रिया सुन्दास र अकिरा राईको नृत्य रहेको छ ।
उत्सव दाहालले छायाँकन गरेको गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।






