पूर्व राजा ज्ञानेन्द्रद्वारा बाढी पहिरोमा परी ज्यान गुमाउनेप्रति दुःख व्यक्त

काठमाडौं,
असार २९ ।

पूर्व राजा ज्ञानेन्द्र शाहले बाढी पहिरोमा परी ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै बाढी पहिरोका कारण देशमा व्यापक जनधनको क्षति भएकोमा दुखित भएको बताउनुभएको हो । उहाँले यो शोकको अवस्थामा राहत तथा उद्धार कार्य गर्न पनि आव्हान गर्नुभएको छ ।

जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यो वर्षको वर्षातको कारण हाम्रो देशको हिमाल, पहाड र तराईका विभिन्न भागमा बाढी, पहिरो र डुवानबाट धेरैले ज्यान गुमाएको, घाईते हुनु परेको, आफ्नो घर, गोठ तथा जायजेथा गुमाउनु परेको र धेरै घरवार विहिन भएको सुन्दा, देख्दा र बुझ्दा म अत्यन्त दुखित भएको छु । शोक, वियोग, व्यथा र वेदनाको यो स्थितिमा सवैबाट सबैको राहत, उद्धार र उपचार होस् । विनासको यो बेला पर्याप्त सहयोग, सुब्यवस्था तथा निगरानी पुगोस् भन्ने मेरो आग्रह छ ।’ वर्षा याममा नेपालले सँधै जनधनको क्षति व्यहोर्नु परेको भन्दै जनधनको क्षति न्युनीकरण गर्नका लागि पर्याप्त ध्यान दिनुपर्ने विज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार