‘पराईको सिन्दुर’ लिएर आइन तारा (भिडियोसहित)

काठमाडौं,
असार २५ ।

गीतकार तारा अधिकारीको नयाँ गीत ‘पराईको सिन्दुर’ सार्वजनिक भएको छ । नरेन्द्र प्यासीको स्वर तथा सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक गीतमा विछोड भएपछि हुने प्रेमलाई व्यक्त गरिएको छ । भिडियोमा जीवन भट्टराई र तारा अधिकारीको अभिनय रहेको छ ।

शान थापाको निर्देशनमा बनेको भिडियोमा राजिव समर सहायक निर्देशकको रुपमा रहेका छन् । अर्जुन तिवारी र टिमले खिचेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । भिडियोमा सुप्रिम पराजुलीको कलर ग्रेडिङ रहेको छ । यस गीत गीतकार ताराकै युट्युब च्यानल ‘सुनौलो तारा’बाट सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार