काठमाडौं,
असार २५ ।
गायक चिरञ्जीवी भण्डारी आफ्नो बिल्कुलै नौलो स्वाद बोकेको गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन् । ‘बदमास…’ शीर्षकको उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
उक्त गीतलाई सङ्गीतकार भीम बिसीले सङ्गीतबद्ध गरेका छन् भने शब्दहरु विक्रम सुन्दासले रचना गरेका हुन् । गीतमा पुष्पकर सुनुवारले सङ्गीत संयोजन गरेका छन् ।
दीलिप ओखेडाद्वारा निर्देशन तथा नृत्य निर्देशन गरिएको उक्त गीतको भिडियोमा मोडल तथा सञ्चारकर्मी सोनिका रोकाया तथा दिपेन्द्र सोनामले अभिनय गरेका छन् ।
उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त गीतको भिडियोमालाई विष्णु खड्काले सम्पादन गरेका छन् । गीतको भिडियो ओएसआर डिजिटलको च्यानलबाट सार्वजनिक गरिएको छ ।






