काठमाडौं,
असार २५ ।
लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘अरुलाई माया’ सार्वजनिक भएको छ । राजकुमार बगरको सङ्गीत तथा सुदर्शन पोखरेलको शब्दमा तयार भएको गीत ‘अरुलाई माया’को भिडियो सार्वजनिक भएको हो ।
एभरेष्ट ग्यालरीको युटुब मार्फत सार्वजनिक भएको उक्त भिडियोमा सनम कठायत, समिक्षा पोखरेल र गौतम डङ्गोलको अभिनय रहेको छ । उत्सव दाहालको छायाँकन, टेकेन्द्र शाहको सम्पादन तथा अन्जन शर्माको निर्देशन रहेको छ गीतको भिडियोमा ।






