१२ बुँदे सहमतिपछि ‘इनफ इज इनफ’का सत्याग्रहीहरुले तोडे अनशन

काठमाडौं,
असार २३ ।

१२ बुँदे सहमतिपछि ‘इनफ इज इनफ’का सत्याग्रहीहरुले अनशन तोडेका छन् । ‘इनफ इज इनफ’का सत्याग्रहीहरुले आज बिहान अनशन तोडेका हुन् । स्वास्थ्य मन्त्रालयसँग हिजो (सोमबार) भएको १२ बुँदे सहमतिपछि अनशत तोडेको इनफ इज इनफले आज एक विज्ञप्तिमार्फत जनाएको छ । १२औं दिनमा अनशन तोडेका हुन् ।

कोभिड १९ सिर्जित महाव्याधिको सबल र सक्षम व्यवस्थापनको निमित्त सरकार तथा सम्बन्धित पक्षलाई दबाब दिन झन्डै एक महिनाअघि फेसबुक ग्रुपका रुपमा इनफ इज इनफ अभियानको आरम्भ भएको थियो । इनफ इज इनफले काठमाडौंको बालुवाटार, भाटभटेनी, माइतीघर, सहिदगेटलगायत देशैभरका सयभन्दा धेरै स्थानमा भौतिक दूरी कायम गर्दै प्रदर्शन गरेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार