नेकपा स्थायी कमिटी बैठक असार २४ गतेसम्म स्थगित

काठमाडौं,
असार २२ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक असार २४ गतेसम्म स्थगित भएको छ । आज बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक सरेको बालुवाटार स्रोतले जनाएको छ । बैठक २४ गते बुधबार ११ बजेसम्म स्थगित भएको छ ।

प्रधानमन्त्री एवम् अध्यक्ष ओली बिहीबार संसद अधिवशेन अन्त्य गर्ने तहसम्म पुगेपछि शुक्रबार एक दिन गृहकार्य गरेर शनिबार बैठक तय गरिएको थियो । शनिबार पनि थप छलफल गर्ने भन्दै स्थगित गरिएको बैठक फेरि स्थगित भएको हो ।

आन्तरिक कलहले जटिल रुप लिएपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली र अर्का अध्यक्ष ‘प्रचण्ड’बीच बालुवाटारमा आइतबार पनि छलफल भएको थियो । बालुवाटारको वार्तामा प्रधानमन्त्री ओलीका तर्फबाट महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य एवम् प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल बसे भने प्रचण्ड पक्षबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी थिए । छलफलमा दुवै अध्यक्ष आफ्नो अडानमा बसेपछि कुरा मिल्न नसक्दा फेरि सोमबार छलफल गरेर अगाडि बढ्ने सहमति भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार