काठमाडौं,
असार १९ ।
काव्य आचार्यको स्वरमा रहेको गीत ‘निचोरेर मटु दिए’ सार्वजनिक भएको छ । लक्ष्मी खडकाको शब्द र सन्तोष श्रेष्ठको सङ्गीत रहेको आधुनिक गीत ‘निचोरेर मटु दिए’को लिरिकल भिडियो सार्वजनिक भएको हो । चाद सिंको सङ्गीत संयोजन रहेको गीतमा श्यामस्वेत रसाइलीको अडियो मिक्सिङ रहेको छ ।
विगत लामो समयदेखि नेपाली गीत सङ्गीतमा थुप्रै गीत मार्फत स्रोता/दर्शकको मन जित्न सफल छिन् काव्य । उनका ‘चरीले गुँड छाडेर गयो…’, ‘किन आज धेरै पछि…’, ‘बाहिर माया देखाएर…’, ‘मन परेको पाएँ भने दिलमा सजाउँछु…’, ‘औंठी चिनो छ, नक्कले कान्छीलाई फिर्ता दिनु छ…’, ‘मासु मिठो भालेको माछा तारेको…’, ‘बाध्यताले छुट्नु परेको…’ ‘टुट्यो माया जाल…’, आऊ नाचौं सङ्गी हो…’ ‘शिरमा सिन्दूर…’, ‘राष्ट्रप्रेम…’लगायत थुप्रै गीत स्रोता/दर्शको अत्यधिक रोजाइमा परेका छन् ।






