काठमाडौं,
असार १४ ।
थप ४ सय ६३ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ ४ सय ६३ थप सङ्क्रमित पुष्टि भएको जानकारी दिए । जसमा १ सय ५ महिला छन् भने ३ सय ५८ पुरुष रहेका छन् । यो सँगै कुल कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ७ सय ७२ पुगेको छ ।
नयाँ सङ्क्रमित हुनेमा मोरङका १७, झापाका २, उदयपुरका ६, इलामका १, सुनसरीका १, धनुषाका १०, महोत्तरीका ५६, डडेलधुराका १, अर्घाखाँचीका ६, दार्चुलाका १, दोलखाका २, गोरखाका १, गुल्मीका ३८, खोटाङका ४, रौतहटका १७, सर्लाहीका १, सिन्धुलीका १, कपिलवस्तुका ८, धादिङका १, ललितपुरका १, बाजुराका ९५, कास्कीका ५, नवलपरासी पूर्वका ३१, बागलुङका २९, पर्वतका २, सल्यानका २, तनहुँका ६, लमजुङका १, म्याग्दीका २, पाल्पाका २, प्यूठानका ३५, रुपन्देहीका १२, दाङका ३४, रोल्पाका १, रुकूम पश्चिमका १, कैलालीका १७ र डोटीका १३ जना रहेका छन् ।
मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना सङ्क्रमणको उपचारपछि तीन हजार १३ जना डिस्चार्ज भएका छन् । जसमध्ये २ सय ५५ महिला र दुई हजार ७ सय ५८ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १ सय ७९ डिस्चार्ज भएका छन् । जसमा १३ महिला र १ सय ६६ पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६२ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका विभिन्न क्वारेन्टिनमा ६१ हजार ७ सय ३१ मानिसहरु रहेका छन् भने आइसोलसनमा ९ हजार ७ सय ३१ कोरोना सङ्क्रमितहरु रहेका छन् ।
हालसम्म कोरोना सङक्रमणबाट मृत्यु हुनेको सङख्या २८ पुगेको छ ।






