काठमाडौं,
असार १४ ।
नेपाली काँग्रेसको पदाधिकारीको बैठक आज बस्ने भएको छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुने छलफल हुने बताइएको छ ।
कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि नेपाली काँग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको हो ।






