काठमाडौं,
असार १३ ।
पाँच नम्बर प्रदेश सरकारले भारतबाट नेपाल भित्रिएको सलहको मूल्य २० रुपैयाँ तोकेको छ । शनिबार बसेको आकस्मिक बैठकले सलह मारेर ल्याउने जो कोहीले प्रतिकिलो २० रुपैयाँ पाउने गरी मूल्य तोकेको हो ।
सलह रुपन्देही प्रवेश गरेपछि आकस्मिक रुपमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमातहतको प्रदेश विपद् व्यावस्थापन समितिको बैठक बसेर तत्काललाई नष्ट गर्न प्रोत्साहनस्वरुप रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
धानको ब्याड जोगाउन प्लाष्टिक, झुलले भए पनि छोपेर राख्न किसानलाई आग्रह समेत गरिएको छ । शनिबार रुपन्देहीको बुटवल, देवदह र सैनामैना क्षेत्रमा तथा कपिलवस्तुको वाणगंगा क्षेत्रमा सलह कीरा देखिएको छ ।






