राष्ट्रपतिद्वारा तीन वटा विधेयक प्रमाणीकरण

काठमाडौं,
असार ११ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । विहीबार भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम सङ्घीय संसदको दुवै सदनको बैठकबाट पारित भई आएका विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले विज्ञप्ति जारी गरी प्रमाणीकरण गरेको जानकारी दिनुभएको छ । विज्ञप्ति अनुसार राष्ट्रपतिले खेलकुद विकास सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक र रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार