थप ६ सय २९ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १० हजार ७ सय २८ पुग्यो

काठमाडौं,
असार १० ।

थप ६ सय २९ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ ६ सय २९ थप सङ्क्रमित पुष्टि भएको जानकारी दिए । नयाँ सङ्क्रमितमा १ सय १० जना महिला र ५ सय १९ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या १० हजार ७ सय २८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा भएका परीक्षणमा कैलालीका एक सय ५१ र कञ्चनपुरका ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै डोटीका ४८, रौतहटका ४४, दाङका ७६, धनुषाका २०, महोत्तरीका १२, सर्लाहीका २१, अछामका २३, पाल्पाका १५ र सुर्खेतका १४ जनामा कोरोना देखिएको छ ।

झापाका ११, प्युठानका १०, बाँकेका ९, कास्की र बाग्लुङका ९र९, बाजुराका ८, स्याङ्जाका ७, नवलपरासी पूर्व र गुल्मीका ५/५, तथा लमजुङ र दैलेखका ४/४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सप्तरीका ६, बैतडीका ४, पर्वत र गोरखाका ३/३ तथा धादिङका २ जनामा सङ्क्रमण देखिएको छ । मोरङ, सुनसरी, काठमाडौं, चितवन, तनहुँ, भक्तपुर, कपिलवस्तु, रुपन्देही, बर्दिया, जाजरकोट र कालीकोटका १/१ जनामा पनि कोरोना देखिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

बितेको २४ घण्टामा थप १ सय १४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या २ हजार ३ सय ३८ पुगेको छ ।

बुधबारसम्म पीसीआर विधिबाट ६ हजार ८ सय २८ र आरडिटी विधिबाट १२ हजार १ सय १२ जनाको कोरोना परीक्षण गरीएको छ । अहिलेसम्म पीसीआर परीक्षणको सङ्ख्या १ लाख ९३ हजार १ सय ९४ पुगेको छ । आरडिटी विधिबाट २ लाख ८३ हजार ६ सय ९६ जनाको परीक्षण भएको छ ।

अहिले देशका विभिन्न अस्पतालमा ८ हजार ३ सय ६६ जना उपचाररत रहेका छन् । क्वारेन्टिनमा ७८ हजार ६ सय ३९ जना रहेका छन् । अहिलेसम्म कोरोनाबाट २४ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार