आज अन्तर्राष्ट्रिय एकल महिला दिवस

काठमाडौं,
असार ९ ।

आज अन्तर्राष्ट्रिय एकल महिला दिवस । कोरोना सङ्क्रमण जोखिमका कारण दशौं अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालमा भने औपचारिक कार्यक्रम आयोजना गरिएको छैन । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१० को डिसेम्बरमा जुन महिनाको २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसका रुपमा घोषणा गरेपछि सन् २०११ देखि यो दिवस मनाउन थालिएको हो ।

लाखौं एकल महिला र उनीहरुमा आश्रितले भोगिरहेको गरीबी र अन्यायलाई सम्बोधन गर्न राष्ट्रसङ्घले दिवस मनाउने निर्णय गरेको थियो । राष्ट्रसङ्घले श्रीमान् गुमाएका, श्रीमान् हराएका, सम्बन्ध विच्छेद गरेका र बिहे नगरी बसेका महिलालाई एकल महिला भनि उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर झण्डै २४ करोड ५० लाख एकल महिला र उनीहरुका ५० करोड बालबालिका विभिन्न समस्यामा छन् । त्यसमध्ये ८ करोडभन्दा बढी महिला यौन हिंसा सहन बाध्य छन् ।

यसमा तपाइको मत

अन्य समाचार