यस्ता छन् समुद्रभित्रका केही रहस्य र तथ्यहरू

काठमाडौं,
असार ८ ।

  महासागर भित्र रहेका जीवजन्तु र बनस्पतिको अध्ययनको कूल प्रगति १० प्रतिशतभन्दा बढि हुन सकेको छैन् ।

३ सय ३० फिट लामो ‘ब्लु व्हेल’देखि आँखा नहुने भीमकाय जीव, बिबिध प्रकारका अन्य जलचर र बनस्पतिहरु बिभिन्न गहिराइमा भेटिएका छन् ।

पछिल्लो जानकारी अनुसार अहिलेसम्म नभेटिएका दुई लाख किसिमका भाइरसहरु समुद्रमा पत्ता लागेका छन् ।

मानिस पौडिएर माथिल्लो समुद्री सतह भन्दा ३ सय ३२.३५ मिटरको गहिराई भन्दा तल पुग्न सफल हुन सकेको छैन ।

सन् २०१४ मा, १२ मिनेटमा ३ सय ३२.२५ मिटरको गहिराइमा पौडिएर पहिलो पटक पुगेका ‘अहमद गाबर’लाई डोरीको सहारा बाट फर्केर सतहमा आउन करिब १५ घण्टा समय लागेको थियो ।

समुद्री सतहबाट १ हजार मिटरभन्दा तल प्रकाशको उपस्थिति सुन्य छ ।

२ हजार २ सय मिटरको समुद्री सतहमा दश लाख भन्दा बढी ज्वालामुखी अबस्थित छन् ।

२ हजार ९ सय ९० मिटरसम्म मात्र स्तनधारी प्राणीको उपस्थिति रहेको कुरा जानकारीमा आएको छ ।

सन् १९१२ मा डुबेको ‘टाईटानिक जहाज’ न्युफाउन्डल्याण्ड भन्दा ६ सय किमी टाडा, ३ हजार ८ सय मिटरको गहिराइमा रहेको छ ।

५ फिट १० इन्च लम्बाई र ५ किलोसम्म तौल हुने अनौठो जीव ‘डम्बो अक्टोपस’ ४ हजार मिटर भन्दा तल मात्र भेटिन्छ ।

प्रशान्त महासागरको सबभन्दा गहिरो हिस्सा माउन्ट एभरेष्ट (८८३९.८ मिटर)को उचाई भन्दा दुई किलोमिटर गहिरो छ । त्यसको गहिराइ समुद्र सतहबाट १०,८९८ मिटर तल रहेको छ । त्यो ठाउँलाइ ‘मारियाना ट्रेन्च’ भनिन्छ । त्यसलाई पृथ्बीको केन्द्रबिन्दु पनि मानिन्छ । यो ठाउँमा पानीको दबाब समुद्रको माथिल्लो सतह भन्दा १००० गुणा बढी (१५७५० पाउण्ड प्रति स्क्वायर इन्च) हुन्छ भने तापक्रम १ देखि ४ डिग्री सेल्सियस ।

‘मारियाना ट्रेन्च’को लम्बाई २५४२ किमी छ भने चौडाई ६९ किमी रहेको छ । यो ट्रेन्च जापान र अस्ट्रेलियाको बीचमा रहेको छ ।

सन् १९६० जनवरी १३ को दिन लेफ्टिनेन्ट डोन वाल्स र बैज्ञानिक ‘ज्याकुइस पिकार्ड’ले प्रशान्त महासागरको तल्लो सतहसम्म पुग्ने प्रयास गरेका थिए । ४ घण्टा ४८ मिनेट लगाएर उनीहरु ९००० मिटर तलसम्म पुगेका थिए । उनीहरु चढेको जहाजको बाहिरी झ्याल, ठुलो आवाज सहित एकाएक चर्किन गएकोले उनीहरुको प्रयास असफल भएको थियो ।

सन् २०१२ मार्च २६का दिन, ५७ बर्षे जेम्स फ्रान्सिस क्यामरुन २ घण्टा ३६ मिनेटमा प्रशान्त महासागरको १०,८९८ मिटरमा रहेको ‘मरिना ट्रेन्च’मा पुगेका थिए । अमेरिकामा बसोबास गर्दै आएका क्यानेडियन नागरिक ‘जेम्स क्यामरुन’ तिनै व्यक्तित्व हुन् जसले हलिवुडका Terminator,  Avtar, Titanic र The Abbys जस्ता चर्चित फिल्महरुको निर्देशन गरेका थिए । मरिआना ट्रेन्चसम्मको यात्रामा उन्ले खिचेका भिडियो फिल्मको कारण, सागरतलको बारेमा पहिलो पटक महत्वपूर्ण धेरै जानकारी प्राप्त भएका हुन ।

‘विक्टर वेस्कोभो’ संसारको पहिलो व्यक्ति हुन् जो २०१९ को २८ अप्रिलका दिन प्रशान्त महासागरको ‘मारियाना ट्रेन्च’को १०९२७ मिटर (३५८५३ फीट) मा अबस्थित सबभन्दा गहिरो सतहमा पुगेका थिए । उनी माउन्ट एवरेस्टको चुचुरोमा पुग्ने मद्धेका एक व्यक्तित्व हुन् ।

त्यहाँ उनले चार किसिमका प्राउन माछाको नयाँ प्रजाति भेटेका थिए । ७००० मिटरमा ‘स्पुन वर्म’ नामको जीव देखेका थिए भने ८००० मिटरमा पिंक कलरको ‘स्नेल फिस’ देखेका थिए ।

महासागरको तल्लो सतहमा लाखौँ टन प्लास्टिकको फोहोर थुप्रिएर बसेको कुराको जानकारी उनले दिएका थिए ।

सूर्यले बर्साएको सम्पूर्ण तापको सातै रङ्ग, एकै पटक सर्लक्क निल्ने समुद्रमा निलो र बैजनी रङ्ग घुल्न समय लाग्ने भएकाले समुद्रको रङ्ग हरसमय गाढानिलो देखिन्छ ।

प्रस्तुति : लेखनाथ पोख्रेल

यसमा तपाइको मत

अन्य समाचार