काठमाडौं,
असार ७ ।
द भ्वाइस अफ नेपालकी प्रतिस्पर्धी मेचु धिमालको पहिलो गीत ‘फसायौ नि मिठो बोलेर’ सार्वजनिक भएको छ । लेखु सहयात्रीको शब्द, करणराज कार्कीको सङ्गीत, देवेश राईको सङ्गीत संयोजन रहेको गीत ‘फसायौ नि मिठो बोलेर’को भिडियो सार्वजनिक भएको हो ।
लोकभाकामा बनेको यो उनको पहिलो एकल गीतको म्युजिक भिडियो हो । गीतको भिडियोमा गायिका मेचु आफैँले अभिनय अनि नृत्य गरेकी छिन । भिडियोमा मोडल सुजन मार्फा तामाङले उत्कृष्ट नृत्य गरेका छन् ।
अनिल के मानन्धरले छायाँकन गरेको भिडियोलाई मौसम हिमालीले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । प्रविन भट्टले सम्पादन गरेको भिडियो मेचु धिमालको आफ्नै अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।






