‘जाम कि नजाम भो’ भन्दै आए कृष्ण र मिरा (भिडियोसहित)

काठमाडौं,
असार ७ ।

कृष्ण काफले र मिरा तामाङको स्वरमा रहेको तीज गीत ‘जाम कि नजाम भो’ सार्वजनिक भएको छ । कृष्ण काफलेको शब्द तथा लय सिर्जना, महेश पुनको एरेञ्ज र कृष्ण पुनको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा चेलीको मनको पिडालाई समेटिएको छ । चेलीले भोगेको पिडा र उसको परिवार सगँको आपसी मायालाई गीतमा समेटिएको कारणले पनि आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायिका मिरा तामाङले बताइन ।

दुर्गा पौडेलको छायाँकन, नवीन घर्तिमगरको सम्पादन तथा दुर्गा पौडेलको निर्देशन तथा माधव श्रेष्ठको कोरियोग्राफी रहेको गीतको भिडियोमा मिरा तामाङ र कृष्ण काफलेको अभिनय तथा नृत्य रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार