यस्तो छ शुक्रबारको मौसम पूर्वानुमान

काठमाडौं,
असार ५ ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै हाल नेपालमा भारतको पूर्वी उत्तर प्रदेशको भू-भागमा निम्न चापीय प्रणाली अवस्थित रहेको जनाएको छ । यसैगरी, हाल देशभर सामान्यतया बदली रही थोरै स्थानहरुमा हल्कादेखी मध्यम वर्षा भइरहेको महाशाखाले पूर्वानुमानमा उल्लेख छ ।

महाशाखाका अनुसार शुक्रबार दिउँसोदेशभर सामान्यतया बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं. ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, आज राति देशभर पूर्णतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको, प्रदेश १, गण्डकी प्रदेश , प्रदेश ५ र बागमती प्रदेशका एक वा दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमानमा उल्लेख गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार