यस्तो छ आजको मौसम

काठमाडौं,
जेठ ३१ ।

मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गर्दै हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु, पश्चिमको भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्वपश्चिम बनेको न्युन चापीय रेखा र बङ्गालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको र दिउँसो देशभर सामान्य बदली रहने जनाएको छ ।

यस्तै, प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राती देशभर सामान्य बदली रहने प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार