काठमाडौं,
जेठ ३० ।
थप ४ सय ४८ जनामा कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २४ घण्टामा ४ सय ४८ जनामा सङ्क्रमित पुष्टि भएको जानकारी दिएको हो । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार ६२ पुगेको छ । जसमा ४ हजार ७ सय ९ पुरुष छन् भने ३ सय ५३ महिला रहेका छन् ।
शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ ४ सय ४८ थप सङ्क्रमित पुष्टि भएको जानकारी दिए । सङ्क्रमण देखिनेमा ४ सय २४ पुरुष र २४ महिला रहेका छन् । नेपालमा यतिधेरै सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको यो पहिलो पटक हो ।
मन्त्रालयका अनुसार हालसम्म देशभरका विभिन्न अस्पतालमा कोरोना सङ्क्रमणको उपचारपछि ८ सय ७७ जना डिस्चार्ज भएका छन् । देशभर कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।
देशभर हालसम्म एक लाख २१ हजार ८ सय ६२ पीसीआर परीक्षण गरिएको छ भने एक लाख ८८ हजार ५२ आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ९ सय २५ पीसीआर परीक्षण गरिएको छ ।
देशरभका क्वारेन्टाइमा एक लाख ५८ हजार ५० मानिसहरु रहेका छन् भने देशभरका आइसोलेसनमा ४हजार १ सय ६९ कोरोना सङ्क्रमित रहेका छन् ।






