बक्स अफिस म्युजिक अवार्ड सम्पन्न

काठमाडौं,
जेठ २९ ।

बक्स अफिस म्युजिक अवार्ड सम्पन्न भएको छ । बक्स आफिस म्युजिक अवार्ड-२०७६ रसिया संस्करण अन्तर्गतको अवार्ड यसपटक काठमाडौंमा सामाजिक दुरी कायम गर्दै लकडाउनकाबीच प्रदान गरिएको हो ।

कोभिड १९ कोरोना भाईरसको कारण विश्व नै लकडाउनमा रहेको अवस्थामा यो अवार्ड कार्यक्रम वक्स अफिस इन्टरनेसनल ग्रुपले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डलाई पालना गर्दै सामाजिक दुरी कायम राखी सम्पन गरेको आयोजकले जनाएको छ ।

कोभिड-१९ को कोरोनाको मारमा देश, समाज र कलाकारहरुलाई सकारात्मक उर्जा प्रदान गर्नुको साथै लामो समयको लकडाउनमा गीत, सङ्गीतका स्रष्टालाई समाजिक दुरी कायम गर्दै विश्वमै पहिलो पटक यस्तो अवार्ड सम्पन्न भएको संस्थाका अध्यक्ष रामबहादुर सुवेदी ‘आरके’ले बताए । यो भन्दाअघि विश्वमै पहिलो पटक उडिरहेको हवाई जहाज, समुन्द्र भित्र पानीमा, पानीमाथि र विश्वकै सर्वोच्च शिखर सगरमाथाको आधार शिबिरमा रचनात्मक अवार्ड आयोजना गरेर विश्व किर्तिमानी कायम गर्दै गिनिज बुक अफ द वल्र्ड रेकर्डमा नेपालको नाम दर्ता गराई सकेका छन् ।

यसै क्रममा यसपटक पनि यस्तै रचनात्मक अवार्ड गरी अर्को विश्व रेकर्ड बनाउन लागेको अध्यक्ष सुवेदीले बताए । विश्व किर्तिमानको मापदण्ड पूर्ण पालना गर्दै यसपटक यो अवार्ड प्रदान गरिएको हो । नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्षय रविन्द्र खड्का, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य अशोक राई, ए डिभिजन मनाङ मस्याङ्गदी क्लबका अध्यक्षय छिमि गुरुङ, समाजसेबी सोनाम गुरुङ, वरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठ र सीता देवी श्रेष्ठलगायत विभिन्न व्यक्तिहरुको विशेष आतिथ्यमा सो अवार्ड प्रदान गरेको हो ।

आर्थिक वर्ष २०७५/०७६ को असार मसान्तसम्म सार्वजनिक भएका चलचित्र, आधुनीक, लोकदोहोरी, लोकपप, राष्ट्रिय भावनाले ओतप्रोत, तीज, चाडपर्व, भाषाभाषिक, प्रवास, मोफसलसहित प्रतिविधा ३२ ओटाको दरले २ सय २१ का तर्फबाट यो बर्षको कार्यक्रममा अवार्ड प्रदान गरिएको छ ।

आयोजक बक्स अफिस इन्टरनेशलन ग्रुपले कार्यक्रममा आयोजक अवार्ड, इन्करेजमेन्ट अवार्ड, पब्लिक च्वाईस अवार्ड, क्रिटिक्स अवार्ड र जुरी अवार्ड प्रदान गरेको हो । यसमा सङ्गीतकार शम्भुजीत बासकोटा, राजु सिंह, महेश खड्का, चेतन सपकोटा, वसन्त सापकोटा ५ निर्णयक थिए । यी निर्णायकको निर्णयको अधारमा सो अवार्ड सम्पन्न गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार यो अवार्डका लागि ३ हजार ७ सय ओटा गीत, सङ्गीत र म्युजिक भिडियोले आवेदन दिएका थिए ।

यसमा तपाइको मत

अन्य समाचार