काठमाडौं,
जेठ २३ ।
प्रभावन जे को लोक तथा दोहोरी गीत ‘आउछु फर्केर’ सार्वजनिक भएको छ । डीएआर मुभिजले बजारमा ल्याएको उक्त गीतमा लोक तथा दोहोरी गायक, सर्जक प्रभावनजे को शब्द , लय र स्वर रहेको छ भने स्मृति गौतमले उनलाई स्वरमा साथ दिएकी छन् ।
जीवन बडूको एरेन्ज रहेको गीतको भिडियोमा सरोज दाहाल र अनु पराजुलीको अभिनय रहेको छ । क्यामेरा पिटर गुरुङ, सम्पादन नवीन भट्ट, कला राजाराम गौतम र ब्यबस्थापन बिबेक चौलागाईंले गरेका छन् । भिडियो निर्देशन प्रभावन जे कै रहेको छ । भिडियो निर्माणमा बिशेष सहयोग नकुल राउत र कलाकार श्याम धितालले गरेका छन् ।
यो गीत हामी सबै नेपालीको घरको कथा हो । सम्बन्धित निकायको ध्यान पुर्याउने उद्देश्यले बजार ब्यबस्थापन गरेको डीएआर मुभिज एन्ड फिल्मस् इ.प्रा. लि.का सञ्चालक सदस्य राजाराम गौतमले जानकारी दिए ।
केही समय पहिले प्रभावन जे को टिमले सामाजिक सचेतनामुलक गीतहरु कालापानी, कोरोना (कोभिड-१९), घरमै बसौन, को साथमा चेतनामुलक सर्टमुभि बजारमा ल्याएको थियो ।






