नवराज बि.क.लगायतकाको हात्यामा संलग्नलाई कारवाहिको माग गर्दै राजधानीमा प्रदर्शन

काठमाडौं,
जेठ २१ ।

गत जेठ १० गते रुकुमको चौरजहारीमा भएको ६ जना युवकको नरसंहारको विरोध गर्दै वुधबार राजधानीमा प्रदर्शन गरिएको छ । सामाजिक न्यायको लागि जन आवाजको आयोजनामा हात्यामा संलग्न दोषीलाई कडा भन्दा कडा कारवाहिको माग गर्दै विरोध प्रदर्शन गरिएको हो ।

१४ औंं छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको दिनको अबसरमा राजधानीको कपनबाट सुरु गारिएको विरोध प्रदर्शन चाबहिलमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कार्यक्रममा सामाजिक न्यायका लागि जन आवाजका महेन्द्र सुनार, तत्कालिन जनयुद्धका बिग्रेट कमाण्डर अमर बि.क., जनजाति प्रतिष्ठानका सदस्य लम्जम शेर्पा, दलित आयोगका पूर्वसदस्य सचिव सिताराम घले परियार, एकिकृत बिश्वकर्मा समाज केन्द्रीय उपध्यक्ष संगम गहतराज, समाजसेवी रमेश सुनार, राजकुमार दर्नाललगयातले उक्त कोणसभामा आ-आफ्ना भनाइ राखेको थिए ।

उनीहरूले यो एउटा जातिको मात्र नभई सिङ्गो न्यायप्रेमी जन समुदायको लडाइँ हो भन्दै आज नेपाली समाजमाथि गम्भीर प्रश्न उठेको बताएका थिए । यो अमानविय जातिय सामाजिक अपराध गर्ने अपाराधीहरू लाई न्यायको कठघरमा ल्याउन सबै न्याय चाहने जनसमुदाय र बर्ग एकभई अगिबढ्नु अहिलेको आबश्यकता रहेको उनीहरूले मन्तब्यमा राखेका थिए ।

पश्चिम रुकुम नरसंहार घटनाको समावेसी संसदिय छानबिन समिति गठन गर्नुपर्ने, जातिय दमन बन्द गर्नुपर्ने, राजनैतिक हस्तक्षेप बन्द गर्नुपर्ने र सम्पूर्ण उत्पिडित जन समूदाय एक भइ पीडित लाई न्याय तथा पीडक लाई हदै सम्मको सजायको माग गर्नुपर्नेलगायतका मागहरु आफूहरुले समावेश गरेको सामाजिक न्यायको लागि जन आवाज का संयोजक महेन्द्र सुनारले बताए ।

यसमा तपाइको मत

अन्य समाचार