काठमाडौं,
जेठ २१ ।
प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका आठ जना सांसदले मंगलबार संविधान संसोधन विधेयक दर्ता गरेका छन् । संविधानको धारा ७, ११, ३८, ८६, २७४, २८२, २८३, र २८७ मा भएको व्यवस्था अनुसार जनताको हक अधिकार पूर्ण रुपमा सुनिश्चित गर्न नसकेको भन्दै सांसदहरुले संसोधन विधेयक दर्ता गरेका हुन ।
सांसदहरु प्रदीप गिरी, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, तेजुलाल चौधरी, चित्रलेखा यादव , अभिशेकप्रताप शाह, नमिता चौधरी र पद्मनारण चौधरीले संघीय संसद सचिवालयमा संशोधन विधेयक दर्ता गराएका हुन ।
जनता समाजवादी दलले संविधान संसोधन विधेयक दर्ता गरिसकेको छ । यता कांग्रेसका पनि मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुले संसोधन विधेयक दर्ता गरेका हुन ।
राष्ट्रिय जनमोर्चाले पनि आज संसदमा संघियता खारेजको माग राख्दै संसोधन विधेयक दर्ता गर्ने तयारी गरेको छ । सरकारले नयाँ नक्सा जारी गरेसँगै निशान छाप परिवर्तनको लागि संविधान संसोधनको प्रस्ताव संसदमा दर्ता गरिसकेको छ ।






