काठमाडौं,
जेठ १९ ।
२०५८ साल जेठ १९ गते दरबार हत्याकाण्ड भएको १९ वर्ष पूरा भएको छ । तत्कालिन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरि उनको परिवारको हत्या भएको थियो । उक्त हत्याकाण्डमा तत्कालिन युवराज दीपेन्द्र शाहलाई छानविन समितिले मुख्य दोषी देखाएको थियो । तर, जनमानसले अहिलेसम्म त्यसलाई स्विकार गरेको भने पाईदैन ।
उक्त काण्डमा तत्कालिन राजा वीरेन्द्रसहित रानी ऐश्वर्या, छोराहरु युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, छोरी अधिराजकुमारी श्रुती, भाइ अधिराजकुमार धिरेन्द्र, दिदीहरु शोभा सिंह र शारदा शाहका अलावा ज्वाईं कुमार खड्ग विक्रम शाहसमेत गरि १० जनाको हत्या भएको थियो ।
जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ । राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थाना भइसके पनि तत्कालीन राजपरिवारको बंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन ।






