- पेशल आचार्य
नग्नताको एकता
अचेल
नयाँ कालिदासहरूको
ह्वात्तै बजार बढेको छ
हिजोआज
नयाँक्रोचे र नित्सेहरूको
भाउअचाक्ली चढेको छ
भत्काउन पाउँदा
सनातनदुर्गकामूल्य-मान्यताहरू
दङ्गदास छन्
कोलम्बसहरू !
भजाउन पाउँदा वयेलिएका विचार
र स्खलित आदर्शहरू
अहम् हुर्काइरहेछन्
नेपोलियनहरू !
अहिले
नयाँ अरस्तु
नयाँ शुकरात
सत्ता समिकरणका समागममा
वाचाल तर मस्त छन्
नयाँग्यालिलियो
नयाँ न्यूटन
नयाँकोपरनिकस
परिभाषालाई झनै नयाँ परिभाषा बनाउन
व्यस्त छन्,
नयाँ क्रोचेहरूको
जय गानले
कलामाऐजेरू हाल्दै
नौटङ्की परिभाषा थपिएको छ
र नित्सेहरूले
फेरि एकपटक बँचेखुचेका
शालीन आस्थामा रमाएका
हाम्रा अधमरा ईश्वरलाई फेरि पनि
मृत्युघोषित गरिदिएका छन्,
नयाँ क्षितिज उघार्न नसक्ने
क्लान्त कोलम्बसहरू
आफ्नैखोजका सरहदमै
दिग्भ्रमित पथिक भएका छन्,
भ्रान्तिमा रुमल्लिएका आरोहीहुँदै
तर्कशील भनिने नेपोलियनहरू
सत्ताकब्जाका राता बिन बजाइरहेछन्
नयाँ अरस्तु
र नयाँ विथोबेन
शासनका सुरूवालमै
लघुशंका गरिरहेछन्
ग्यालिलियोर न्यूटन
प्रेमका गुरुत्वाकर्षण भन्दा
कुशासनका सप्रसङ्ग व्याख्या गरिरहेछन्,
यतिखेर
नयाँहरू
थुप्रै नयाँहरू
नयाँ र झन् नयाँहरू
अझ् नयाँ अभिनेयार्थ
आबरू बचाउन
स्थुल शरीरमा भएका
सबै परिधानहरू
एकसाथ खोलिरहेछन्
एकसाथ खोलिरहेछन् ।
??






