काठमाडौं,
जेठ ९ ।
पूर्वमन्त्री तथा राप्रपाका नेता दीपक बोहराले जातीय विभेद गर्ने खालका कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् । एउटा टेलिभिजनको ‘कोरोना बिर्साउने गफगाफ’ कार्यक्रममा मधेसी समुदायलाई अपमानित गर्ने शब्दको प्रयोग भएको भनि आलोचना भइरहेका बेला नेता बोहराले त्यसलाई खेदजनक रहेको बताएका हुन ।
उनले भनेका छन, ‘हरेक बर्गको आफ्नो स्वाभिमान हुन्छ । जातीय विभेद संबिधानले समेत वर्जित गरेको छ । जातीय विभेद रोक्न र त्यस्तो कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउन आग्रह गर्दछु ।’






