सडकमा दैनिक सयौलाई खाना खुवाउदै शिव

काठमाडौं,
जेठ ७ ।

अहिले विश्व नै कोरोनाका कारण पिडामा छ । कोरोना भाइरस (कोभिड-१९)ले त्रास फैलाएको छ जताततै । त्यही पिडामा हाम्रो देश र हामी छौ । यसको नियन्त्रण र रोकथामका लागि भन्दै नेपाल सरकारले गरेको ‘लकडाउन’को ५८औं दिनमा छौ हामीहरु । ‘लकडाउन’का कारण विभिन्न समस्या निम्ताएको छ । ‘लकडाउन’का कारण समस्या परेको व्यक्तिहरुलाई केही मनकारी व्यक्तिहरुले सहयोग गर्दै आइरहेका छन् ।

यस्तै कोरोना करहको ‘लकडाउन’ले दैनिक खान नपाएका पिडितलाई बुढानिलकण्ठ नगरपालीका-३का शिव श्रेष्ठले आफ्नो व्यक्तिगत प्रयास र विभिन्न व्यत्तिको सहयोगमा दैनिक सडकमा तीनदेखि चारसय व्यक्तिलाई खाना खुवाइरहेका छन् । गत महिना वैशाख २५ गतेदेखि आफूहरुले नियमित तीनदेखि चारसय व्यक्तिलाई खाना खुवाइरहेको उनले बताए ।

यसकार्यका लागि उनलाई रामलाल श्रेष्ठ, भीमसेन टी लामालगायतले सहयोग गरिरहेका छन् । पबित्र सेवाभाबले शुरु गरिएको खाना खुवाउने यस अभियानमा कुनै पनि अन्य सङ्घ संस्थाहरुको सहकार्य नभएको र आफूहरुले व्यक्तिग रुपमा सहकार्य गरिरहेको पनि शिवले जानकारी गराए । यस खाना खुवाउने कार्यलाई निरन्तरता दिने पनि उनले बताए ।

यसमा तपाइको मत

अन्य समाचार