काठमाडौं,
जेठ ७ ।
गायक निर्मल सुब्बाले लिम्बू भाषाको गीतको भिडियो आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरेका छन् । भिडियोमा लिम्बू कला, संस्कृतिलाई झल्काउँने प्रयास गरेका छन् निर्देशक लोकेन साँवाले ।
‘पकन्दी चानु वासी ना आहा छुईया हा…’ अर्थात ‘मायाँको कुरा गरौ कि…’ बोलको गीतका सङ्गीतकार अशोक लोहरुङ राई हुन् । गायक सुब्बालाई गायिका श्रेयाशी चेम्जोङले स्वरमा साथ दिएकी छन् ।
गीतले स्रोताको मन नित्न सफल हुनेछ भन्ने आशा गायक सुब्बाले लिएको छन् । भिडियोमा के साङ्ला चलचित्रका नायक भीम तुम्बाहाम्फे र नायीका सुक्मिता केरुङको अभिनय देख्न सकिन्छ । यसमा शब्द कल्पना आङ्बुहाङ, क्यामेरा भुपेन्द्र तुम्बाहाम्फे, सम्पादन अनिल रानाको रहेको छ ।






