विराटनगर,
जेठ ६ ।
प्रदेश १ मा तीन हजार तीन सय ३२ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । परीक्षण गरिएकामध्ये ३ हजार ८२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । प्रदेश १ मा ५४ जनालाई कोभिड-१९ पुष्टि भएको छ । आरडीटीबाट ९ हजार छ सय २२ जनाको परीक्षण भएको छ ।
प्रदेश १ मा तीन ठाउँबाट पीसीआर परीक्षण भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।
यता, प्रदेश सरकारले तयार गरेका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या १ हजार ५२ पुगेको छ । होम क्वारेन्टाइनमा ८ हजार ५ सय ६० जना बसिरहेका छन् । आइसोलेसनमा बस्नेको सङ्ख्या १० रहेको छ ।






