काठमाडौं,
जेठ ३ ।
आज फेरि थप ३ जनामा कोरोना पुष्टि भएको छ । यसअघि आजै ६ जनामा कोरोना पुष्टि भएको थियो । यो सँगै नेपालमा कारोना (कोभिड-१९) सङ्क्रमितको सङ्ख्या २ सय ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको कोरोना परीक्षणमा कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी, २५, ३४ र ४४ वर्षका पुरुषहरु रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसघि आजै भेटिएका सङ्क्रमितमा ६ जना बर्दियाको नार्खु–११ निवासी २८ वर्षीय महिला, सिरहाको सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, पर्साको वीरगन्ज निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाहीको रामनगर–४ निवासी १८ वर्षीया महिला र चितवनको गढौली–१ निवासी २५ वर्षीय महिला रहेका थिए ।







