काठमाडौं,
जेठ २ ।
चलचित्र पत्रकार सङ्घले हरेक वर्षको जेठ ७ गते प्रदान गर्दै आएको ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार’ कार्यक्रमलाई यो वर्ष स्थगित गरेको छ ।
सङ्घले विहीबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसका कारण सिर्जित समस्या र वर्तमान अवस्थालाई मध्यनजर गर्दै यो वर्ष कार्यक्रम नगर्ने निर्णय गरेको हो ।
‘कोरना भाइरस जोखिमका कारण सिर्जित समस्या र वर्तमान अवस्थालाई मध्य नजर गर्दै यस बर्ष सङ्घले सम्मान तथा पुरस्कार कार्यक्रमलाई स्थगीत गर्ने निर्णय गरेको छ’, सङ्घका महासचिव समीर बलामी द्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘अर्को बर्ष पुरस्कार रकममा बढोत्तरीका साथमा मोफसलबाट थप एक जनालाई समेत मोफसल चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिने निर्णय सङ्घले गरेको छ ।
सङ्घले अर्को वर्ष पुरस्कार राशी बढाउने तथा मोफसलबाट थप एक जनालाई समेत ‘मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गर्ने बताएको छ । यो वर्षको जेठ ७ गते डिजिटल माध्यमबाट सङ्घको २१ औं वार्षिकोत्सव मनाउने निर्णय सङ्घले गरेको छ ।






