मन्त्रालयले सच्यायो कोरोना सङ्क्रमितको सङ्ख्या, कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ४५ मात्रै

काठमाडौं,
जेठ १ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितहरूको सङ्ख्या सच्याएको छ । यसअघि २ सय ५० जना कोरोना सङ्क्रमितको आँकडा सार्वजनिक गरेको मन्त्रालयले फेरि अर्को सूचना निकालेर सङ्क्रमितको सङ्ख्या २ सय ४५ नै रहेको जनाएको छ ।

मन्त्रालयले यसअघि सार्वजनिक गरेको सूचनामा ५ जना सङ्क्रमित प्राविधिक त्रुटिबस दोहोरिएको भन्दै आँकडा सच्याएको हो । मन्त्रालयले धनुषा, महोत्तरी र सर्लाहीका सङ्क्रमित भएका व्यक्तिको बारेमा दुई पटक जानकारी गराएको हो ।

‘पछिल्लो अध्यावधिक विवरणअनुसार २ सय ५० भएकोमा प्राविधिक कारणले पहिले नै पुष्टि भएका पाँचजनाको विवरण पुनः रिपोर्टिङ भएको जानकारी गराउन चाहन्छु, भनिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार