काठमाडौं,
वैशाख ३१ ।
आज दुईजनामा कोरोना सङ्क्रमण (कोभिड-१९) देखिएको छ । बुधबार धुलिखेलस्थित धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका एक जनामा र काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार बाँके जिल्ला नेपालगन्ज-८ का ३६ वर्षीय पुरुष तथा कपिलवस्तु–५ का २२ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो । उनीहरु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ सय १९ पुगेको छ ।






