२२ जिल्लामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण, सबैभन्दा धेरै पर्सामा

काठमाडौं,
वैशाख ३१ ।

नेपालका २२ जिल्लामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । पछिल्लो दिनमा यसको संक्रमण ह्वात्तै बढेको छ । हिजो (मंगलबार) एकै दिन ८३ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या २ सय १७ पुगेको छ भने ३४ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

यसको सबैभन्दा बढी संक्रमित पर्सा जिल्लामा देखिएका छन् । पर्सामा मात्रै कोरोना संक्रमितको सङ्ख्या ८२ पुगको छ । अहिलेसम्म उदयपुरमा ३०, कपिलवस्तुमा २९, बाँकेमा २४, रुपन्देहीमा १६, काठमाडौँमा ४, मोरङमा २, धादिङ २, कैलालीमा ४, बारामा ३, धनुषामा ३, रौटहटमा ३, बागलुङमा २, चितवनमा २, झापामा २, महोत्तरीमा २, भक्तपुरमा २, बर्दियामा १, भोजपुरमा १, कञ्चनपुरमा १, सप्तरीमा १ र सर्लाहीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार