एक जिल्लाबाट अर्को जिल्लामा जान प्रतिबन्ध

काठमाडौं,
वैशाख ३० ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिदै गएपछि गृहमन्त्रालयले आवतजावतमा कडाई गर्ने निर्णय गरेको छ । मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जान प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा जेठ १ गतेदेखि एक जिल्लादेखि अर्को जिल्लामा अनुमति दिइएका इपास र अन्य पास रद्ध हुने उल्लेख गरिएको छ ।

गृहले जिल्लाभित्र आवतजावतमासमेत कडाई गर्ने निर्णय गरेको छ । सरकारले केही दिनअघिमात्र लकडाउन खुकुलो पार्दै सरकारी कर्मचारी, बैङ्क, उद्योग र निर्माण क्षेत्रका कर्मचारीलाई कार्यालय आवत जावतका लागि पासको व्यवस्था गरेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार