पर्सामा निषेधाज्ञा जारी

काठमाडौं,
वैशाख ३० । 

पर्सामा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित बढेसँगै आज रातिदेखि जेठ ५ गतेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ । पर्सामा ६४ जनामा कोरोनाभाइरसको पुष्टि भएसँगै संक्रमण थप फैलिन नदिनका लागि स्थानीय प्रशासनले कडा कदम चालेको हो ।

जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकले मानिसहरुको आवतजावत बढ्‍नुका साथै कोरोना संक्रमितको सङ्ख्या एकाएक बढेपछि कर्फ्यु जारी गर्ने निर्णय गरेको हो । देशभरमै सबभन्दा बढी कोरोना संक्रमित पर्सामा रहेका छन् ।

निषेधाज्ञाको समयमा खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आईसीपी, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स र औषधिजस्ता अति आवश्यक सेवा सञ्चालन गर्न पाइने छ । तर, पसल, उद्योग, व्यवसाय र सेवा बन्द गर्ने गर्नुपर्नेछ । यस्तै उपचारबाहेक अन्य अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कन निषेध गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार