अर्घाखाँची अनिश्‍चितकालका लागि सिल

अर्घाखाँची
वैशाख ३० ।

अर्घाखाँचीसँग सीमा जोडिएको जिल्ला कपिलवस्तुमा कोरोना संक्रमित बढ्दै गएपछि अर्घाखाँची उच्च जोखिममा रहेको भन्दै मंगलबार बिहानैदेखि प्रशासनले जिल्लालाई पूर्णरुपमा अनिश्‍चितकालका लागि सिल गरेको छ । कपिलवस्तुका विभिन्न क्षेत्रमा संक्रमण देखिएपछि सुरक्षा समिति बैठकले नयाँ निर्णय गर्दै आउजाउ बन्द गरेको हो ।

कपिलवस्तुबाट अर्घाखाँची आउने पैदल यात्रु र अत्यावश्यक बाहेक अन्य गाडीलाई भित्रिनबाट रोक्न जिल्ला भित्रिने सन्धिखर्क–गोरुसिंगे सडकखण्डअन्तर्गत सीमा क्षेत्र पथ्थरकोट र सीमा जोडिएका अन्य ठाउँमा बिहानैदेखि प्रहरी परिचालन गरेको छ । शीतगंगा नगरपालिकाको कपिलवस्तुसँग सीमा जोडिएका गाउँमा स्वयंसेवक परिचालन भएका छन् । साथै पाल्पा, गुल्मी र प्युठानका सीमा क्षेत्रमा पनि निगरानी बढाइएको जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार