काठमाडौं,
वैशाख ३० ।
पर्सामा एकैपटक भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड- १९) संक्रमितमध्ये ४ जना पत्रकार पनि रहेको पुष्टि भएको छ । उनीहरु पर्सा जिल्लामा कार्यरत विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी रहेको बुझिएको छ ।
रिपोर्टिङका क्रममा हिँड्दा जोखिम महसुस गरेछि उनीहरुले नै स्वाब संकलन गरी परीक्षण गर्न लगाएका थिए । मंगलबार सार्वजनिक भएको रिपोर्ट अनुसार उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।
देशभर मंगलबार ५७ जनामा कोरोना पोजेटिभ देखिँदा पर्साका ३९ जना, बाराका १ जना, कपिलवस्तु र रुपन्देहीमा क्रमश ८ र ९ जनामा संक्रमण देखिएको छ । देशभर कुल संक्रमितको सङ्ख्या १ सय ९१ जना रहेको छ ।






